ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् ।

शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो। 

शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै पूर्व नाशु गोपाल कार्कीलाई समेत पक्राउ गरेको हो। त्यस्तै अन्य पनि प्रहरीको पक्राउ गर्ने सुचीमा रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।