काठमाडौं महानगरले तोक्यो जग्गाको नयाँ मूल्य, कहाँको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ ।  मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ । 

त्यसमाथि काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै रहन सक्छ । काठमाडौं महानगरपालिकाले आइतबार पेश गरेको आर्थिक विधेयकमा महानगरभित्रका जग्गाको सरकारी मूल्य तोकेको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि काठमाडौंका मेयर बालेन्द्र शाहले पेश गरेको विधेयकमा जग्गाको मूल्यांकन गरिएको हो ।

हनुमानढोका पूर्व नयाँ सडक, महानगरको पुरानो भवन रहेको क्षेत्र, न्यूरोड पिपलबोटदेखि आरबी कम्प्लेक्स चोक हुँदै दक्षिण महानगरको पुरानो भवन रहेको क्षेत्र, खिचापोखरी धरहरालगायतको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गा, केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल, क्षेत्रपाटी असन, भोटाहिटी, रत्नपार्क, माइतीघर, घण्टाघर तथा दरबार मार्गलगायतका एरियामा ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।

पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्‍याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।