‘परस्त्री’ ले पायो प्रदर्शन अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र सेन्सर बोर्डले फिल्म ‘परस्त्री’ लाई प्रदर्शन अनुमति दिएको छ। हिंसा, चुम्बन र रगतका दृश्यमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको थियो।

चलचित्रका ‘६ वटा सिन परिमार्जन गर्दै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको हो । फिल्मले पिजी सर्टिफिकेट पाएसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथमा हेर्न पर्नेछ।

यो फिल्म असार १५ गतेदेखि प्रदर्शन हुँदैछ। सुरज पाण्डेको डेब्यू निर्देशकिय फिल्ममा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।