भारतले पाकिस्तानलाई हरायो, सुनिल क्षेत्रीको ह्याट्रिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले साफ च्याम्पियनसिपको जारी संस्करणमा पाकिस्तानविरुद्ध शानदार जित निकालेको छ। 

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा बुधबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० ले पराजित गरेको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्रीले ह्याट्रिक गरेका थिए। थप एक गोल उदान्त सिंहको नाममा रह्यो।

पाकिस्तानमाथि हावि भएको भारतले खेलको दशौँ मिनेटमानै सुनिलको गोलमार्फत अग्रता लियो।  खेलको १६ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा भारत २-० ले अघि रह्यो।

खेलको ७४ औं मिनेटमा सुनिलले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेपछि भारतले ३(० को अग्रता बनायो। ह्याट्रिक  गरेका सुनिलले अन्तराष्ट्रिय करिअरमा ९० औं गोल गरेका छन्। 

भारतको फराकिलो जित निश्चित गर्ने क्रममा ८१ औं मिनेटमा उदान्तले चौंथो गोल गरेका थिए। जितसँगै समूह ‘ए’ मा भारत र कुवेतले विजयी सुरुवात गरेका छन्। 

अब भारतले दोस्रो खेलमा शनिबार नेपालसँग खेल्ने छ। यसअघि पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।