मुग्लिन-पोखरा सडक विस्तारका क्रममा पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तारको काममा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ।

पहिरोमा पुरिएका झापाको शिवशताक्षी नगरपालिका- ७ का ३३ वर्षीय भीम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाईते शिवशताक्षी नगरपालिका- ७ का ३३ ४५ वर्षीय कृष्ण लिङदेलको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

सोमबार साँझ राजमार्गअन्तर्गत तनहुँको म्याग्दो गाउँपालिका- १ माथिल्लो गुणादीमा सडक माथिबाट पहिरो खसेको थियो। सडकको छेउमा पर्खाल लगाइरहेका मजदुर पहिरो खसेपछि पुरिएरका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।