ईङ्वा हाइड्रोपावर आईपिओ सेयर नेप्सेमा सूचिकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इङवा हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा सूचीकृत भएको छ ।

बिहीबार कम्पनीले स्थानीय, सर्वसाधरण र संस्थापकलाई जारी गरेको सेयर नेप्सेमा सूचीकृत गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९७.२९ रुपैयाँदेखि २९१.८७ रुपैयाँँ ओपनिङ्ग रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको सेयर कारोबारका लागि IHL संकेत चिह्न प्रदान गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।