श्यामको ‘मुन्दुम ट्रेल’ लोकार्पित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  मुन्दुम पदमार्गको अवधारणा, नामकरण, सामूहिक प्रयत्न, पदमार्ग निर्माणसँग गाँसिएका सङ्घर्ष र किराँत मुन्दुमी मिथकहरुको जानकारीसहित लेखिएको संस्मरणात्मक कृति ‘मुन्दुम ट्रेल’ लोकार्पण गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा प्राज्ञ राजन मुकारुङ, अन्वेषक डा. भक्त राई, आख्यानकार जानुका खतिवडा, आख्यानकार भानु बोखिम र लेखक श्याम सामसोहाङ राईले मण्डला नाटकघरमा उक्त पुस्तक लोकार्पण गरेका हुन्।

कार्यक्रममा मन्त्री किराँतीले श्यामलाई बधाई र शुभकामना दिए। किताबको आवरण हेर्दै भावुक हुँदै उनले भने, ‘मेरो घरको डिलबाट देखिने हिमाल, साथी नै नभएको र  खाना नै नभएको ठाउँमा म त्यही हिमाल हेरि बस्थेँ । डाँडा र हिमालको बीचबाट जहाज उड्थ्यो, जहाजसँगै मन पनि उड्दैउड्दै जान्थ्यो । संयोगले आज त्यही हिमालको मन्त्री भएको छु ।’

राज्यले गर्नुपर्ने काम गरेको हुँदा श्याम धन्यवादको पात्र भएको प्राज्ञ राजन मुकारुङले बताए। उनले भने, ‘सिंगो समुदाय ऊप्रति आभारी हुनुपर्छ किनभने उसले सपना मात्रै देखेन । त्यसलाई पूरा गर्न अनेक कठिनाइ भोग्यो जुन कुरा किताबमा छ । यो कुराले नयाँ पुस्तालाई उत्प्रेरित गर्छ । यो किताब श्यामले दिएको सुन्दर सप्र्राइज हो ।’

अन्वेषक डा. भक्त राईले पढ्न थालेपछि किताबले तान्ने बताए । वरिष्ठ संगीतकर्मी, पर्यटनविद, सांस्कृतिक अभियन्ताको लेखक अवतार प्रशंसनीय रहेको बताउँदै उनले भने, ‘सुन्दर कलेवर छ । अनि, सुरुको च्याप्टर पढ्दै गर्दा म यस्तरी भास्सिएँ कि सारा काम पन्छाएर मैले पूरै किताब पढिसकेँ । यति उत्कृष्ट लेखन छ, किताबले यति तान्छ, तपाइँ लेखक सँगसँगै जानुहुन्छ यात्रामा ।’

गायक, सङ्गीतकार, पर्यटन अभियन्ता एवम् व्यवसायी श्यामको यो पहिलो किताब हो । कलम प्रकाशनले प्रकाशन गरेको किताबको मूल्य ४७५ रुपैयाँ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।