आइएमई पेले ल्यायो ‘क्यास ब्याकको वर्षा’ अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइएमई पेले असार महिनाको मनसुनलाई लक्षित आइएमई पे मा ‘क्यास ब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ।

आज (आइतबार) देखि आइएमई पेले एयरलाइन्सको टिकट खरिदमा क्यास ब्याकको वर्षा अभियान सुरू गरेको हो।

एक हप्ताको लागि लागू हुने सो अफरमा ग्राहकले प्रत्येक दिन साँझको ४ बजे देखि साँझको ६ बजेसम्म कुनैपनि एयरलाइन्सको टिकट काट्दा २०० रुपैयाँसम्म क्यास ब्याक पाउने कम्पनीले बताएको छ।

सो समयभित्र एयरलाइन्सको टिकट काट्ने ग्राहकले प्रोमोकोडहरूको प्रयोग गरेर पाउने छुट सहित यो छुट पनि पाउने छन्।

यो अफर असार ९ गतेसम्मका लागि मात्र रहने कम्पनीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।