गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

सरकारले ल्याएको बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८.१ प्रतिशत विनियोजन भएको छ ।

वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याएको छ । कुल बजेटको १.०५ प्रतिशत सञ्चितकोष माथि व्ययभार पर्ने उनले बताए

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ ।

समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।