मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न त्रिविकाे आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज हुन) चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ ।

त्रिविले सूचना मार्फत त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने बताएको हो ।

मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।

त्यस्तै इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ ।

पछिल्लो समय त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।