काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ।
महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ।
स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।
Comment