सिटिजन्स बैंकद्धारा सेनेटरी भेन्डिङ मेसिन वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनलाई भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तीनै संस्थामा रहेका बालिकाहरूको सरसफाइलाई मध्येनजर गर्दै २ वर्षलाई पुग्ने सेनेटरी प्याड र ३ वटा सेनेटरी भेन्डिङ मेसिन प्रदान गरेको हो ।

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहका बीच सो सामाग्री हस्तान्तरण गरको हो ।

अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्ने बताइन् । उनले बैंकले सहयोग प्रदान गरेकोमा धन्यवाद समेत दिइन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।

हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख ८० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।