बाबुरामको टिप्पणी–प्रचण्डको पशुपति दर्शन राजनीतिक प्रेरित, पूरै मन्त्रीमण्डल जानुले प्रश्न उठ्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथी प्रश्न उठाएका छन्।  

शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपति दर्शनमा पुगेका थिए। मन्त्रीमण्डलसहित गएका प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणपछि पशुपति नाथको दर्शन गरेका हुन्। 

उनले कोही व्यक्ति धार्मिक स्थल एक्लै जाँदा प्रश्न उठाउन नमिल्ने भए पनि पूरै मन्त्रीमण्डल जाँदा प्रश्न उठ्ने बताएका हुन्। 

उनले भनेका छन्, ‘नयाँ  ‘सांस्कृतिक क्रान्ति’ र  ‘सांस्कृतिक नक्सा’?? एक्लै कोही कुनै धार्मिक स्थल जाँदा प्रश्न उठउन मिल्दैन: त्यो उसको निजी आस्थाको कुरा हो। तर जब पूरै मन्त्रीमण्डल एकैसाथ जान्छ तब त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ!’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।