च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई,‘ट्रेबल’ जित्ने दोस्रो टीम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलमा शनिबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोल अन्तरले हराउँदै म्यानसिटीले उपाधि जितेको हो ।

सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे । रोड्रीले खेलको ६८ औं मिनेटमा गोल गरेका थिए । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यस्तै पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले एकै सिजन तीन उपाधि जितेको छ । यसअघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।

एकै वर्ष तीन उपाधि जित्ने म्यानसिटी दोस्रो प्रिमियर लिग क्लब हो । यसअघि म्यानचेष्टर युनाइटेडले सन् १९९९ मा तीन उृपाधि जितेको थियो । 

ग्वार्डिओला तीन च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षकसमेत बनेका छन् ।

च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीलाई,‘ट्रेबल’ जित्ने दोस्रो टीमयसअघि कार्लो एन्सोलोटी र जिनेदान जिदानले तीन च्याम्पियन्स लिग जिताएका छन् । ग्वार्डिओलाले यसअघि स्पेनिश क्लब बार्सिलोनालाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।