१४ दिनको छोराको हत्या गर्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो। अन्सारीलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।