ए डिभिजन लिग : आज तीन खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबार तीन खेल हुँदैछ।

दशरथ रंगशालामा  दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२४ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको हिमालयन आठौँ जितको खोजीमाा रहनेछ। २४ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा रहेको मच्छिन्द्र ११ औँ जित निकाल्ने योजनामा छ। 

यस्तै च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन्। 

२४ खेलमा ३२ अंक जोडेर छैटौँ स्थानमा रहेको मनाङ आठौँ जितको योजनामा हुनेछ। २४ खेलमा ३० अंक जोडेर ११ औँ स्थानमा रहेको एनआरटी पनि आठौँ जितको खोजीमा हुनेछ। 

रंगशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२४ खेलमा ३० अंक जोडेर दशौँ स्थानमा ​रहेको संकटा आठौँ जित निकाल्ने योजनामा छ। २४ खेलमा २६ अंक जोडेर पुछारमा रहेको फ्रेण्डस् सातौँ जितको खोजीमा हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।