मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ । जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।

बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा राय/ सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

यससँगै विभिन्न क्षेत्रका सरोकारवालाहरुले आफ्ना सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘[email protected]’ मा पठाउन सक्नेछन् । त्यस्तै, ०१-४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव दिन सकिने बैंकले जानकारी गराएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।