नवलपरासीमा दुर्घटना न्यूनिकरण गर्न सवारी चालकका स्वास्थ्य परिक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्घटना न्यूनिकरणको लागि नवलपरासी बर्दघाटमा सार्वजनिक सवारी साधन चालकहरुको  स्वास्थ्य परिक्षण जाँच गरिएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी र चिसापानी सामुदायिक अस्पतालका प्राविधिकहरूको सहयोगमा पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी १०७  वटा  सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा सवारीदुर्घटना बढिरहेको हुँदा  सवारी  दुर्घटनाबाट “आफु बाँचौ र अरुलाई पनि बचाऔँ” ट्राफिक नियम जानौ र मानौ भन्ने उदेश्यका  साथ ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेको हो । 

सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ ? भनेर चिकित्सकको टोलीसहित स्वास्थ्य परिक्षण गराइएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपरासीका इन्चार्ज प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले बताइन ।

ट्राफिक सचेतनाका लागि स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला  ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।