एफए कपको उपाधि म्यानचेस्टर सिटीले जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  एफए कप फुटबलको उपाधि  म्यानचेस्टर सिटीले जितेको छ।

शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २(१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो। सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे। युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए। खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए।

सिटीको यो सिजनको दोस्रो उपाधि हो। सिटीले यस अघि प्रिमियर लिगको उपाधि जितेको थियो। अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।