कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रवार एक विज्ञप्ति निकाल्दै नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । 

१७९ रिक्त पदका लागि आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । 

बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख (८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत ¬(सिए, ७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ ।

यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।