ए डिभिजन लिगमा आज तीन खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार तीन  खेल हुँदैछ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

२२ खेलमा २९ अंकसहितआठौँ स्थानमा रहेको एनआरटी आठौँ जितको खोजीमा रहँदा पुलिस दशौँ जितको योजनामा छ। पुलिस २२ खेलमा ३१ अंक जोडेर चौथो स्थानमा छ।

रंगशालामा साँझ ६ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र एफसी खुमलटार आमनेसामने हुनेछन्।

२२ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको मनाङ सातौँ जित निकाल्न चाहन्छ। २२ खेलमा २४ अंक जोडेर पुछारमा रहेको खुमलटार आठौँ जितको खोजीमा हुनेछ । 

यस्तै च्यासल खेल मैदानमा दिउँसो ३ बजेदेखि फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन्। 

२२ खेलमा २४ अंक जोडेर १३ औँ स्थानमा रहेको फ्रेण्ड्स सातौँ जितको खोजीमा हुनेछ। २२ खेलमा २९ अंकसहित नवौँ स्थानमा रहेको हिमालयन आठौँ जित निकाल्ने योजनामा रहनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।