आज मिती २०८० साल जेठ १७ गते बुधबार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० जेठ १७ गते, बुधवार, ३१ मे २०२३। ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि, ११ः१३ बजेपछि द्वादशी। चित्रा नक्षत्र। चन्द्रराशि– कन्या, १६ः३७ बजेपछि तुला।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

दिन राम्रो छ । दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

 दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्  ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।