ए डिभिजन लिगमा आज पनि दुई खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछ। दोस्रो लेगको दशौँ चरण अन्तर्गत मंगलबार दुई खेल हुन लागेको हो।

दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

२२ खेलमा ३० अंक जोडेर पाँचौँ स्थानमा रहेको आर्मी आज आठौँ जीतको योजनामा हुनेछ। २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा पुगेको जावलाखेल दशौँ  जितको खोजीमा रहनेछ।

दशरथ रंगशालामै हुने दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन्। खेल साँझ ६ बजे शुरु हुनेछ।

दुई खेलमा २९ अंक जोडेर छैटौँ स्थानमा रहेको एपीएफ नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज ११ औँ जीतको योजनामा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।