सिटिजन्स म्युचुअल फन्डको वित्तीय विवरण सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ६० करोड ११ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ७० करोड ३९ लाख रुपैयाँ थियो। वैशाखमा यो योजनाको कुल व्यय २ करोड ९२ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ४३ लाख १८ हजार रुपैयाँ थियो।

यसैगरी वैशाखमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि घटेर ९.३२ रुपैयाँ कायम भएको छ। गत चैतमा यो योजनाको न्याभ ९.८३ रुपैयाँ थियो। यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४९ करोड ५९ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ५० करोड ९४ लाख रुपैयाँ थियो।

वैशाखमा यो योजनाको कुल व्यय ३ करोड २१ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नाफा ५६ लाख १५ हजार रुपैयाँ थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।