काठमाडौंबाट दुई करोड बराबरको रक्तचन्दनको तेलसहित ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चुच्चेपाटीबाट दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित ८ जनालाई पक्राउ गरेको छ।

प्रतिलिटर २ लाख ५० हजार रुपैयाँका दरले रक्तचन्दनको तेल बिक्री हुन लागेको भन्ने सूचनाका आधारमा ८ सय लिटर रक्तचन्दनको तेल बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिलका ३० वर्षीय सुशील पाठक, कालीकोटको रासकोट नगरपालिका–८ घर भइ चाबहिल बस्दै आएका २८ वर्षीय बिनोद बराल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भइ काठमाडौं कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ घर भइ काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल र सोही ठाउँका ३५ वर्षीय नवीन दाहाल छन्।

त्यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ घर भइ चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको निलकण्ठ नगरपालिका–९ घर भइ काठमाडौं जडिबुटी बस्ने ६३ वर्षीय मोबहनबहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्युदूधकोशी गाउँपालिका–६ घर भइ काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।