एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सशक्त बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने भएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसधन तथा कारबाही थालेपछि त्यसलाई निष्पक्ष बनाउन दबाब दिने उदेश्यले एकीकृत समाजवादी शुरुदेखि आन्दोलनमा छ । समाजवादी मोर्चा संगठन विभागको नवौँ बैठकले भ्रष्टाचारविरुद्धको जारी आन्दोलनलाई अझै सशक्त पार्ने निर्णय गरेको छ । 

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादी अब कडा रुपमा प्रस्तुत हुने मोर्चा संगठन विभागका प्रमुख डा। विजय पौडेलले जानकारी दिए। 

भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त पार्न एकीकृत समाजवादीले मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी र विशेष जिल्ला कमिटीलाई निर्देशन दिएको छ । 

मोर्चाले भ्रष्टाचारविरुद्ध जेठ १६ गते दिउँसो ४ बजे काठमाडौँको माइतीघर मण्डलामा बृहत् जुलुस निकाल्ने भएको छ । मोर्चा संगठन विभाग प्रमुख पौडेलका अनुसार माइतीघरबाट शुरु हुने भ्रष्टाचारविरुद्धको जुलुश नयाँ बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ । सभामा पार्टीका प्रभावशाली नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।