रौतहटमा गोली हानी ७० वर्षीय वृद्धको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो ।

टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।