काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका छन्।
बिहीबार विज्ञप्ति जारी गरी उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्। यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यसले आफ्नो र पार्टीको चरित्रहत्या भएको बताएका छन्।
आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत उनले दिएका छन्।
Comment