मनाङमा करेन्ट लागेर युवकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ । मनाङ ङिस्याङ गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङको मृत्यु भएको हो।

गाउँपालिका–४ को हुम्डेमा ट्र्याक्टरमा ढुंगा लोड गर्ने क्रममा हातले बिजुलीको नांगो तारमा छोइँदा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए। 

लत्रिएको बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको कार्कीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।