मौसम पूर्वानुमान : पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

मैगलबार देशको पहाडी भूभागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भूभागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागहरूका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।