गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन अबैध बाटोबाट आउने हुन्डीजस्ता कार्यलाई कडाइ गरिने दाबी गरे। कर प्रणालीलाई पुनरावलोकन गर्दै राजश्वको दायर पनि सरकारले फराकिलो पार्ने दाबी नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै सरकारले राष्ट्रिय पूँजी पलायन गर्नेहरुलाई पनि कारबाहीको दायरमा ल्याउने भएको छ। त्यस्तै पूँजीबजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरिने जनाएको छ।

उनले गैरआवासीय नेपालीको ज्ञान-सिप, पूँजी र पहुँचलाई मुलुकको विकास र समृद्धिसँग जोड्न विशेष कार्यक्रम सञ्चालन गरिने पनि बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।