नुवाकोटमा टिपर र मोटरसाइकल ठोक्किँदा बुबाको मृत्यु, छोरा घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, ठूलोखोला पुलमा बिहीबार टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

दुर्घटनामा नुवाकोटको लिखु गाउँपालिका–१ बस्ने ५० वर्षीय नेत्रमान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा मृत्यु भएको हो ।

घाइते मोटरसाइकल चालक नेत्रमानका छोरा २० वर्षीय निरज विकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

देवीघाटबाट काठमाडौंतर्फ आइरहेको बा ०३–००१ ख २५८४ नम्बरको टिपर र विपरीत दिशाबाट गइरहेको बा ०२–०२९ प ५७५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।