डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो । 

डिजेलको मूल्य घटेपछि खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ। मटीतेल पनि १ सय ५५ रुपैयाँ पर्नेछ। पेट्रोलको मूल्य यथावत् राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।