भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या, काठमाडौं फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ । बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको छ । ‘ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको हो,’ विमानस्थल स्रोतले भन्यो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।