१६ फिट लामो रोबोट‘सर्प’ले शनिमा जीवन खोज्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पृथ्वी बाहिर जीवन छ कि छैन पत्ता लगाउन नासाले रोबोट सर्प निमार्ण गरेका छन् । 

रिपोर्टका अनुसार सर्प जस्तो देखिने रोबोटलाई एन्सेलाडसको सतहसम्म पुग्न सक्ने गरी डिजाइन गरिएको छ । एन्सेलाडस शनिको ८३ चन्द्रमामध्ये एक हो। यसले शनिको छैटौं ठूलो चन्द्रमा एन्सेलाडसको सतहमा पानी र जीवनको प्रमाण खोज्नेछ। 

नासाको जेट प्रोपल्सन प्रयोगशालाका अनुसार यो उपकरणलाई इइएलएस मोबाइल उपकरण नाम दिइएको छ । यो उपकरण बनाउनुको मुख्य उद्देश्य शनि ग्रहमा जीवनसँग सम्बन्धित प्रमाणहरू खोज्नु हो। वैज्ञानिकहरूले एन्सेलाडसको सतहमुनि पानी हुन सक्ने अनुमान गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।