काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ।
एक आपसमा मर्ज भई भोलि (वैशाख २७ गते)देखि एकीकृत कारोबार सुरु गर्न लागेका आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
दुई कम्पनी मर्ज भई भोलिदेखि ‘आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । अब दुवै कम्पनीको सेयर कारोबार आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सुरु हुनेछ ।
Comment