एन्फा कार्यसमितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ ।

एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो । एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए । 

यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झण्डै हात हालाहाल भएको थियो । 

तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दीपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिष्कार गरेका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।