अल्फाको बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न,पत्रकार ऋषि धमलालाई सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर । प्राइमटाइम टेलिभिजनका अध्यक्ष एवम् वरिष्ठ पत्रकार ऋषि धमलालाई सम्मान गर्दै अल्फा कोरियन भाषा स्कुलको बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर–६ सूर्यविनायक चोकमा रहेको अल्फा कोरियन भाषा स्कुलले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । 

रोजगार अनुमती प्रणाली भउक अन्तर्गत गणतन्त्र कोरिया जान २०२३ को भउक कोरियन भाषा परीक्षामा उत्र्तीण गरेका आफ्ना विद्यार्थीहरुलाई बधाई दिन तथा भाषा अध्ययन गर्दै गरेका नयाँ विद्यार्थीहरुलाई शुभकामना दिन अल्फाले बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गर्दै  कार्यक्रम सम्पन्न गरेको हो।

अल्फाले हिजो शुक्रबार सूर्यविनायक स्थित अजिमा पार्टी प्यालेसको सभा हलमा एक विशेष कार्यक्रम मार्फत विद्यार्थीहरुलाई बधाई दिएको छ । बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा शिक्षासेवी एवम् एन प्याब्सन काठमाडौंका सचिव अमृत कुमार खड्काको प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता अल्फा कोरियन भाषा स्कुलका संचालक श्याम बिक्रम खड्काले गरेका थिए। कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा प्राइमटाइम टेलिभिजनका अध्यक्ष एवम् वरिष्ठ पत्रकार ऋषि धमला,सप्तकोशी डेभलपमेन्ट बैंकका बोर्ड अफ डाइरेक्टर लक्ष्मी नाथ घिमिरे रहेका थिए ।   कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एन प्याब्सन काठमाडौंका सचिव अमृत कुमार खड्काले पानसमा दिप प्रज्वलन गरेर गरिएको थियो । 

कार्यक्रममा शुभकामना एवम् स्वागत मन्तव्य राख्ने क्रममा अल्फा कोरियन भाषा स्कुलका डाइरेक्टर उमेश श्रेष्ठले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै अल्फाले कोरियन भाषा पढन आउने विद्यार्थीहरुलाई भाषा मात्र सिकाउने नगरेको र कृषि तथा पशुपालन र उत्पादनमा क्षेत्रमा भाषा परीक्षा दिएर उत्र्तीण भएका विद्यार्थीलाई छुट्टाछुट्टै सिप समेत दिने गरेको बताए । उनले सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक ज्ञान दिने गरेकाले कोरियन भाषा परीक्षा ९ईपिएस० को तयारी गर्न विद्यार्थीहरुले अल्फा नै रोजेर आएकोमा धन्यवाद समेत व्यक्त गरे । कोरियन भाषा परीक्षा पास भएर जाने विद्यार्थीहरु बधाई दिदै उनीहरुले अल्फालाई कहिल्यै नबिर्सने बताए भने नयाँ पढन आएका विद्यार्थीहरुलाई शुभकामना ब्यक्त गर्दै गर्दै कार्यक्रममा आएका सबै अतिथिहरुलाई स्वागत गरेका थिए।  

सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि ऋषि धमलाले कोरियन भाषा परीक्षामा उतिर्ण भएका विद्यार्थीलाई बदाई तथा शुभकामाना व्यक्त गरे। उनले ५ वर्षसम्म कोरियामा नेपालीहरुले सिकेको सीपले नेपालमा आएर सदुपयोग गर्नेमा आफु विश्वस्त भएको जनाए। धमलाले विदेशिने नेपालीलाई जहाँ गए पनि आफ्नो जन्मभुमि नविर्सन आग्रह गरे। आफ्नो देशमा रोजगारी सिर्जना गर्न सरकार चुकेको भन्दै उनले दुख व्यक्त गरे। यसको साथै उनले भ्रष्टाचारीलाई अब कुनै हालतमा नछोड्ने र देशलाई भ्रष्टचार उन्मुख राष्ट्र बनाउन सधैं लागिरहने बताए। उनले अल्फा कोरियन भाषा स्कुलको थप प्रगतीको कामना गर्दै अल्फालाई आफ्नो साथ सर्धै रहने बताए । 

कार्यक्रममा बोल्दै प्रमुख अमृत कुमार खड्काले स्वदेशमा रोजगारीको अवसर नमिल्दा नेपाली जनशक्ति श्रम गर्नको लागि विदेश पलाएन हुने दर बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै नेपालमा नै रोजगारीको वातावरण बनाएर नेपालीलाई  रोजगारी दिएर विदेश पलायन हुने दरलाई रोक्ने कार्यमा लाग्नुपर्ने बताए । उनले अल्फा कोरियन भाषा स्कुलले  कोरियन भाषा सिकाइमा खेलेको भूमिकाको प्रसंसा समेत गरे । भाषा पढाएर मात्र नपुग्ने भन्दै अल्फाले सीपयुक्त जनशक्ति उत्पादनमा समेत जोड दिएको बताए ।

कार्यक्रममा सप्तकोशी डेभलपमेन्ट बैंकका बोर्ड अफ डाइरेक्टर लक्ष्मी नाथ घिमिरेले अल्फा प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गर्दै अल्फा कोरियन भाषा स्कुलले भाषा सिकाइमा  सिपमुलक भाषा प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताए।

बधाई तथा शुभकामना कार्यक्रमको अवसरमा अल्फाले कोरियन भाषा परीक्षामा उत्र्तीण भएका २ सय भन्दा बढि विद्यार्थीहरुलाई प्रमाण पत्र सहित खादा र अबिर लगाएर सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत र नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

अल्फाले कार्यक्रममा सहभागी भइ कार्यक्रम सम्पन्न गर्न अतुलनिय योगदान दिएको र नेपाली पत्रकारीताको चौतर्फी विकासमा लामो समयदेखि योगदान गरेको प्रति कदर गर्दै प्राइमटाइम टेलिभिजनका अध्यक्ष एवम् वरिष्ठ पत्रकार ऋषि धमलालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान समेत गरेका थियो । अल्फा कोरियन भाषा स्कुलकी लेखा प्रमुख भोजु सहनी खड्काको संयोजमा भएको उक्त कार्यक्रममा अल्फा स्कुलका कोरियन भाषाका प्रशिक्षकहरु नविन नेपाल,प्रेम चौलागाईं,सुन्दर तिवारी,रन्जित खड्का,कुमार पाख्रिन अभिभावक तथा ७ सय भन्दा बढि विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

दक्षिण कोरियाले नेपालसहित १६ देशबाट ईपीएस अन्तर्गत रहेर श्रमिक आयात गर्दै आएको छ। अन्य देशको तुलनामा नेपाली श्रमिक मेहनती र इमानदी हुने भन्दै पहिलो प्राथमिकतामा राखेको देखिन्छ। 

नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत डेढ लाखको हाराहारीमा प्रशिक्षार्थी श्रमिक कोरिया गइसकेका छन्। आकर्षक कमाइ हुने भएकाले दक्षिण कोरिया जान खोज्ने युवाको संख्या बर्सेनि बढ्दो छ। 

यस वर्ष मात्रै अल्फा कोरियन भाषा स्कुलमा भाषा अध्ययन गरेर कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा परीक्षा दिएका झण्डै ३ सय जना विद्यार्थी उत्र्तीण भएका छन् । अल्फा कोरियन भाषा स्कुलमा लामो समय कोरियामा गएर काम गरेका तथा भाषाको राम्रो ज्ञान भएका दक्ष एवम् अनुभवी प्रशिक्षकले भाषाको प्रशिक्षण दिदै आएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।