विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ।

विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ। 

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र अध्यक्ष भण्डारीकै नेतृत्वको कार्यकारिणी समितिले महासंघको महासभा बोलाउने भएको भ्रममा नपर्न आग्रह गरे। उनले संस्थाको तर्फबाट अनधिकृत रुपमा महासभा बोलाएको र संस्थामा आफ्नो स्वार्थपूर्तिका लागि नेतृत्व छनोट गर्नेजस्ता काम पाटन उच्च अदालतले रोकिदिएको भन्दै अब विधिसम्मत रुपबाट अघि बढ्न आग्रह गरिन्। 

भण्डारीले विश्व हिन्दु महासंघ पक्ष÷विपक्षमा उभिनु नराम्रो भएको भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताइन। उनले बाध्यात्मक परिस्थितिका कारण सञ्चारकर्मीहरुमाझ महासंघको बारेमा यथार्थ बुझाउनुपरेको बताइन्। 

उनले महासंघले अन्तर्राष्ट्रिय संघ,संस्थाहरुसँग समेत परामर्श गरी विधान बमोजिम कार्यकारिणी समितिबाट महासभा बोलाउने स्पष्ट पारिन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।