लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी ।  धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ का २२ वर्षीय प्रकाश राना आइतबार राति पक्राउ परेका हुन्।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले रानालाई पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–१० जुगेडाबाटै १ सय १० मिलिग्राम लागूऔषधसहित सोहि वडाको रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।