आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मर्ज भएका प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्सले वैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मर्जरपछी बनेको कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिने बताइएको छ ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिले मर्जर सम्बन्धित निर्देशिका अनुसार संयुक्त एकीकृत कारोबार गर्ने मिति तय गरेको हो।

दुई कम्पनीबीच माघ २९ गते सेयर अनुपात १स्१ कायम रहने गरी मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड छ।

मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब भन्दा बढी पुग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।