सरकार र महावीर पुनबीच सात बुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सहमति भएकाे छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेका पुन र सरकारका प्रतिनिधिबीच सोमबार रक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । 

सहमतिको पहिलो बुँदामै भनिएको छ, ‘अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बृन्धी कार्यहरू एकीकृत रूपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरुमा लगानी गर्ने  ।’ 

साथै आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारको पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ । योसँगै विभिन्न मागसहित गत शुक्रबारदेखि माइतीघर मण्डलामा सुरु भएकाे धर्ना पनि अन्त्य भएको छ । 

वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीलगायत सहभागि थिए भने आविस्कार केन्द्रको तर्फबाट पुनले वार्ता टोलीको नेतृत्व गरेका थिए । 

यस्तो छ सात बुँदे सहमति-

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।