रियलविरुद्ध जिरोनको चार गोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनसँग पराजित भएको छ।

गएराति सम्पन्न खेलमा जिरोनले रियल म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। जिरोनको जितमा भ्यालेनटाइन कास्टेलानोसले चारै गोल गरेका थिए । उनले खेलको १२औं, २४औ, ४६औ र ६२औं मिनेटमा गोल गरेका थिए।​ रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र लुकास भाजक्वेजले एक एक गोल गरे। 

यस हारले रियल म्याड्रिडलाई उपाधि होडमा धक्का लागेको छ। रियल म्याड्रिडको ३१ खेलमा ६५ अंक रहेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनासँग ११ अंकले पछाडी रहेको छ। 

यो हारपछि अब बार्सिलोनालाई १४ अंकको अग्रता बनाउने अवसर मिलेको छ। एक खेल कम खेलेको बार्सिलोनाको ३० खेलमा ७६ अंक रहेको छ।

जितपछि जिरोनको ३१ खेलमा ४१ अंक भएको छ र लिगमा नवौं स्थानमा उक्लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।