तिलोत्तमाको राजमार्गमा फ्री वाईफाई, टिकटक नचल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रको राजमार्ग क्षेत्रमा फ्री वाईवाई सेवा सञ्ञ्ञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिकाले सोमबारदेखि नगरपालिका भित्र पर्ने सिद्धार्थ राजमार्ग क्षेत्रमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।

नगरपालिकाले सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया बुटवल ६ लेन सडक क्षेत्रमा जडान गरेको फ्री वाईफाईमा प्रयोगकर्ताले फेसबुक र यु ट्यूव, ट्वीटरलगायतका सामाजिक सञ्ञ्ञ्चालन चलाउन पाएपनि टिकटक र पोर्न साइटहरु भने चलाउन पाउने छैनन् ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहकार्यमा बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगीकोटीदेखि कोटीहवासम्मको १३ किलोमिटर सडक क्षेत्रमा फ्री वाईफाई सुरू गरिएको हो।

नगरपालिकाले २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाईफाई डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।