काठमाडौं महानगरले भन्यो -‘छात्रवृत्ति सम्बन्धी नियम पालन नगरे ११८० मा फोन गर्नुहोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले महानगर अन्तर्गतका विद्यालयहरूले छात्रवृत्ति सम्बन्धी कुनै नियम पालन नगरेमा फोन गरेर गुनासो गर्न अनुरोध गरेका छन् ।

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुरूप महानगरपालिका अन्तर्गतका कुनै पनि निजी वा संस्थागत विद्यालयले छात्रवृत्ति व्यवस्थापन नगरेको वा यो सम्बन्धी कुनै पनि समस्या भएमा काठमाडौं महानगरको कलसेन्टरमा फोन गरेर गुनासो टिपाउन मेयरले अनुरोध गरेका हुन् ।

कल सेन्टरमा आफ्नो गुनासो टिपाउनका लागि ११८० मा कल गर्न सकिनेछ । साथै मेयर बालेनले विद्यालयहरूलाई आफ्नो वेबसाईटमा पनि छात्रवृत्ति सम्बन्धित सम्पूर्ण जानकारी राखी अभिभावक र विद्यार्थीहरूलाई सूचित गराउन अनुरोध गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।