ट्वीटरले हटायो पैसा नतिर्ने प्रयोगकर्ताको ‘ब्लू टिक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ ।

यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो ।

तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक हटाएर शुल्क तिर्न दबाब बढाएको हो । मस्कले ९ दिनअघि २० अप्रिलपछि पैसा नतिर्ने अकाउन्टको ब्लु टिक हट्ने भन्दै ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने बताएका थिए ।

ब्लु टिकका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ । मस्कले यही अप्रिल १२ मा अप्रिल २० देखि नीलो टिक्स हटाइने जानकारी गराएका थिए।

उनले भनेका थिए, ‘यदि मानिसहरू ब्लु टिक लिन चाहन्छन् भने उनीहरूले ट्विटर ब्लुको सशुल्क सदस्यता लिनुपर्नेछ। अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको नीलो टिक जारी रहनेछ। बीबीसी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।