जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको
मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट
खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले
जानकारी दिइन् ।

यससँगै यसअघि कित्ताकाट बन्द गर्ने भनेर मन्त्रालयहरूले गरेका निर्णयहरू स्वतः खारेज हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको
थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू-उपयोग पहिलो संशोधन
नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

कित्ताकाट खुलाउन घरजग्गा व्यवसायीले सरकारलाई दबाब दिँदै आएका थिए ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।