होण्डाले ल्यायो ‘चुज योर स्किम’ उपहार योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।टु ह्विलर भेइकल होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० शुभारम्भको सुखद अवसर पारेर ‘होण्डा चुज योर स्किम’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ। 

योजना अन्तर्गत होण्डाको कुनैपनि बाइक वा स्कुटरको खरिदमा नगद रु. १ लाखसम्म जित्न सकिने स्क्र्याच कुपनसँगै रु. ८ हजारसम्मको स्पेयर पार्टस्, इन्जिन आयल र २ वर्षसम्मको फ्री सर्भिसिङ्ग वा रु. १० हजारसम्मको अतिरिक्त स्क्र्याच कुपन वा रु. १२ हजार ५०० सम्मको ५ वर्षको लागि एनिवल मेन्टिनेन्स् कन्ट्र्याक (एएमसी) मध्ये कुनै एक स्किम रोज्न सकिने छ। 

नयाँ वर्षको अवसर पारेर ल्याइएको यस उपहार योजनाले ग्राहकहरुमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ।

होण्डाले १ प्रतिशतको ब्याजदरमा सरल फाइनान्स सुविधा प्रदान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।