राष्ट्रपति पौडेल फेरि बिरामी, छातीबाट पानी निकालेर परीक्षण गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । स्वास्थ्यमा फेरि समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल सोमबार पुन: महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। 

शिक्षण अस्पतालले उनको उपचारमा संलग्न चिकित्सकहरुलाइ उल्लेख गर्दै निकालेको विज्ञप्तीमा थप परीक्षणको लागि उनको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउन्ड)को सहायताले परीक्षणका लागि पानी  (pleural fluid) निकालेका छन् । त्यो पानी परीक्षणका लागि पठाइएको छ। 

हाल उनको स्वास्थ्य अस्वस्था समान्य रहेको समेत अस्पतालले जनाएको छ। हाल उनी निवास फर्किइसकेको अस्पतालले विज्ञप्‍तिमार्फत जनाएको छ ।

केही दिन अगाडि पनि राष्ट्रपति स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पताल पुगेका थिए। त्यस समय केही दिन भर्ना नै गरेर उनको उपचार गरिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।