काठमाडौं महानगरभित्र शुक्रबार ‘बुक फ्रि डे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका बालबालिकाले अब हरेक शुक्रबार बिनाकिताब विद्यालय जान पाउने भएका छन्।

यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएकाले विद्यालयले उक्तदिन दैनिक जीवनमा उपयोगी हुने सामान्य सीपहरु, अतिरिक्त क्रियाकलाप गराउनुपर्ने नाचगान सिकाउनुपर्ने महानगरले जनाएको छ ।

पाठ्यक्रम अनुसारको क्रियाकलापहरु गराउने जस्तो नेपाली भए भने कविता वाचन गराउने, गीत गाउन लगाउने, अंग्रेजीको भए हिज्जे गर्न लगाउने, भाषण गर्न लगाउने, सामाजिक विषय भए सम्मान पूर्वक व्यवहार गर्न सिकाउनेलगायतका विद्यालय तथा शिक्षकले कक्षा अनुसार दैनिक जीवनमा उपयोगी कुराहरु सिकाउनुपर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।